ट्रम्प र किमबीच भेटवार्ता हुने

Prabhu Bank

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आइतबार भेट हुने भएको छ। उत्तर र दक्षिण कोरियाको सैनिकरहित सीमा क्षेत्रमा भेटवार्ता हुन लागेको हो। राष्ट्रपति ट्रम्प र दक्षिण कोरियाली समकक्षी मुन जाइ इन उत्तर कोरियाली सीमातर्फ हिँडिसकेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Saftey Pads

जापानको ओसाकामा शनिबार सकिएको जी (२० राष्ट्रहरूको शिखर सम्मेलनका सकेर राष्ट्रपति ट्रम्प सउल आएका थिए। सउलमा उनले द्वीपक्षीय सम्बन्धबारे समकक्षी इनसँग भेटवार्ता गरेका थिए। भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा इनले उत्तर कोरियाली नेतासँग सीमामा वार्ता हुन लागेको जानकारी दिएका हुन्। उनले यो सैनिकरहित क्षेत्रमा ट्म्प र किमले हात मिलाउनु ऐतिहासिक घटना हुने बताए।

अन्य सम्बन्धित समाचार:  ब्रुनाईका राजकुमार अजिमको असामयिक निधन

भेटले ट्रम्प(किम तेस्रो सम्मेलन कहिले हुने भन्ने पनि तय गर्ने इनले बताए। दुई वर्षअघि भएको आफ्नो भ्रमणका क्रममा पनि ट्रम्प उत्तर कोरियाको सीमासम्म पुग्न खोजेका थिए। तर चर्को विरोधपछि नो म्यान्स ल्याण्डमा जाने उनको कार्यक्रम रोकियो। ट्रम्प र किमबीच गत फेब्रुअरीमा भियतनामको हनोईमा भएको दोस्रो शिखर वार्ता असफल भएपछि कोरियाली प्रायद्वीपको अनआणविकीकरणको प्रक्रिया अनिश्चित भएको थियो। तर पछिल्लो समय ट्रम्प र उनको सम्बन्ध सुधार हुँदै गएको छ।

अघिल्लो सातामात्र ट्रम्पले उनलाई चिठी पठाएका छन्। उनले चिठी निकै महत्वपूर्ण भएको बताएका छन्। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ट्रम्पको दक्षिण कोरिया भ्रमणले उत्तर कोरियासँगको वार्ता सुचारू गराउन आधार निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्।

अन्य सम्बन्धित समाचार:  सामसुङ कम्पनीका अध्यक्ष ली कुन हीको निधन
Maruti Cement