टी–ट्वान्टी विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, को-को परे?

Prabhu Bank

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आइतबार पत्रकार सम्मेलन गरेर पारस खड्काको कप्तानीमा सिंगापुरमा आयोजना हुने टी–ट्वान्टी विश्वकप छनोट खेल्ने टोलीको टुङगो लगाईएको हो ।

Saftey Pads

बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ जना छानिएको प्रशिक्षक उमेश पटवालले जानकारि दिए । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल खेल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।

एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोर विजयी

नेपाली टोली
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
बसन्त रेग्मी
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
करण केसी
ललित नारायण राजवंशी
अविनाश बोहरा
पवन सर्राफ
प्रदीप ऐरी
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
शरद भेषवाकर
सोमपाल कामी

Maruti Cement