काठमाडौंमा ऊर्जा सम्मेलन हुने

Prabhu Bank

काठमाण्डौ । स्वतन्त्र उत्पादकहरुको संस्था नेपाल ‘इप्पान’ले उर्जा सम्मेलन गर्ने भएको छ। ‘पावरिङ द एसिया सेन्चुरी’ भन्ने नारासहित मंसिर ५ र ६ गतेका दिन सम्मेलनको सातौँ संस्करण काठमाडौंमा हुने भएको हो ।

Saftey Pads

यस उर्जा सम्मेलनले दीगो उर्जा बिकासका सम्भावना र अबको बाटो पहिल्याउन सुझाव र मार्ग्चित्र प्राप्त हुने आयोजकको भनाइ छ। यो सम्मेलनमा ७ सय ५० जानाको सहभागिता रहने आयोजकको अनुमान छ। नेपाल उर्जा क्षेत्र अहिले सम्मकै कृयाशील अवस्थामा रहेको आयोजकले जनाएको छ। आयोजकका अनुसार लगभग ५ हजार ५ सय मेगावाटका आयोजना निर्माण वा पूर्न्निर्माणका चरणमा रहेका छन्।

साथै १८ हजार मेगावाट क्षमताका आयोजना निर्माणमा जानको लागि अध्ययन भइरहेको छ। अहिले देसमा बिद्युत उत्पादन क्रमिक बृद्धि भइरहेको छ। तर सो उत्पादित उर्जा अधिक मात्रामा देसमा नै खपत हुने नीति प्रतिपादन गर्नका लागि ढिला भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  शुक्रबार फूलपाती भित्र्याइँदै
Maruti Cement