साझा पार्टीको साझा रोपाई (फोटो फिचर)

Prabhu Bank

काठमाण्डौ । साझा पार्टीले १६ औं राष्ट्रिय धानदिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । ‘ ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नारासहित ललितपुरको बुंगमतीमा साझा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाईएको हो । असार १५मा रोपाइँलाई नै पर्वको रुपमा मनाइने हुँदा परम्परागत मान्यतालाई प्राथमिकता दिईएको साझाले जनाएको छ। खेतमा धान रोपाइँ सँगै आपसमा हिलो छ्यापाछ्याप गरेर दिवसलाई मनाईएको हो। किसानहरुलाई कृषि पेशा तर्फ उन्मुख र उत्साहित गराए बढि उत्पादकत्व बढाउन सकिने साझाले बताएको छ। उक्त रोपाई समारोहमा साझा पार्टीका केन्द्रीय सदस्यहरु मानवी पौडेल, शोभा शाक्य, मुमाराम खनाल, केशव दाहाल, ललितपुर जिल्ला संयोजक उज्वल कृष्ण श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

Saftey Pads
अन्य सम्बन्धित समाचार:  सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० जनाको मृत्यु

हेर्नोस, साझा रोपाइँको फोटो फिचर

Maruti Cement