साझा पार्टीद्धारा आइफा अवार्डको बिरोध (विज्ञप्तिसहित )

Prabhu Bank

काठमाडौं । बलिउड फिल्म अवार्ड समारोह (आइफा) को सम्पूर्ण खर्च नेपाल सरकार आफैंले व्यहोर्ने भएपछि साझा पार्टीले बिरोध गरेको छ। साझाले आइतबार विज्ञप्ति जारी गर्दै काठमाडौंमा हुने भनिएको अवार्ड समारोह प्रति आपति जनाएको हो ।

Saftey Pads

राज्यकोषको चरम दुरुपयोग भएको भन्दै साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्धारा जारी विज्ञप्तिमा तत्काल निर्णय फिर्ता लिन माग गरिएको छ । साझाले एक विदेशी निजी संस्थाको आयोजनामा हुने आइफाको सम्पूर्ण खर्च नेपाल सरकार आफैंले व्यहोर्ने खबरमा ध्यानाकर्षण जनाएको छ ।

सरकारको निर्णय मार्फत् ४४ करोड कार्यक्रमको लागि दिने र आगन्तुकहरुको सम्पूर्ण खर्च समेत सरकारले नै व्यहोर्ने निर्णय गरेको छ । सो निर्णय अनुचित र असान्दर्भिक रहेको साझा पार्टीको ठहर छ । यस अघि विभिन्न मुलुकमा भएका यही कार्यक्रमको लागि सरकारी तहबाट कुनै प्रकारको आर्थिक सहयोग नरहेको समेत पार्टीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने

प्रेस विज्ञप्ती:

आइफा अवार्डको खर्च सरकारले व्यहोर्ने बारे

(प्रकाशन तथा प्रसारणका लागि सक्दो श्यर गरिदिन आग्रह सहित)

एक विदेशी निजी संस्थाको आयोजनामा काठमाडौंमा हुने भनिएको फिल्म अवार्ड समारोह (आइफा) को सम्पूर्ण खर्च नेपाल सरकार आफैंले व्यहोर्ने खबरले साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

सरकारको निर्णय मार्फत् ४४ करोड कार्यक्रमको लागि दिने र आगन्तुकहरुको सम्पूर्ण खर्च समेत सरकारले नै व्यहोर्ने निर्णय अनुचित र असान्दर्भिक रहेको साझा पार्टीको ठहर छ।

यस अघि विभिन्न मुलुकमा भएका यही कार्यक्रमको लागि सरकारी तहबाट कुनै प्रकारको आर्थिक सहयोग नरहेको समेत जानकारीमा आएको छ।

निजी संस्थाको कार्यक्रमको लागि बिना औचित्य करोडौँ खर्चिने सरकारी निर्णय राज्यकोषको चरम दुरुपयोग भएकोले उक्त निर्णय फिर्ता लिन र नेपाली चलचित्र क्षेत्रको विकासमा केन्द्रित हुन सरकारलाई साझा पार्टी आग्रह गर्दछ।

सूर्यराज आचार्य
प्रवक्ता, साझा पार्टी

Maruti Cement