कृष्टिना गुरुङ ‘प्रेमगीत ३’ को मुख्य नायिकामा छनोट

Prabhu Bank

काठमाण्डौ । चलचित्र ‘प्रेमगीत ३’ को मुख्य नायिकामा कृष्टिना गुरुङ छनोट भएकी छिन् । काठमाडौं अडिसनमार्फत मुख्य नायिकाको आवेदन खुल्ला गरेको ‘प्रेमगीत–३’ युनिटले अन्ततः कृष्टिना गुरुङलाई छनोट गरेको हो। अडिसनकै लागि अमेरिकाबाट नेपाल आएकी कृष्टिनाले सहभागी २ हजार ७ सय १४ जना प्रतिष्पर्धीलाई उछिन्दै चलचित्रमा काम गर्ने अवसर पाएको फिल्म युनिटको दाबी छ।

Saftey Pads

फिल्मका निर्माता सन्तोष सेनका अनुसार २ हजार ७ सय १४ जनाबाट उत्कृष्ट २५ र त्यसपछि उत्कृष्ट पाँच छनौट गर्दै अहिले कृष्टिनालाई मुख्य नायिकाको रुपमा छानिएको हो।  आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुने यो फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन्। निर्माण टिमले कलाकारहरुमा शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मीलगायतलाई यसअघि नै फाइनल गरिसकेको थियो।

अब चलचित्रको मुख्य अभिनेता र अन्य दुई बालकलाकारको छनौट बाँकी रहेको छ। त्यसपछि निर्माण टिमले चलचित्रको औपचारिक घोषणा गर्ने तयारी गरेको छ। ‘प्रेमगीत’को पहिलो र दोश्रो संस्करणमा ‘प्रेम’को भूमिका निभाएका प्रदिप खड्का नै तेश्रो संस्करणमा दोहोरिने पक्का छ। तर, निर्माण युनिटले यसलाई औपचारिक रुपमा घोषणा भने गरिसकेको छैन।

Maruti Cement