धादिङमा तीन सवारी आपसमा ठोक्कियो, २ जनाको मृत्यु, ३० जना घाइते

Prabhu Bank

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा बस र दुई माइक्रो ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

Saftey Pads

मृत्यु हुनेमा धादिङका श्यामकुमार श्रेष्ठ छन् भने मृतक एकजना महिलाको पहिचान खुल्न सकेको छैन । मृतक दुबैको शव गजुरी अस्पतालमा राखिएको छ। माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत बस, माइक्रोबस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किएको प्रहरीले बताएको छ ।

दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा कोरोनाबाट थप चारजनाको मृत्यु: २५२ संक्रमित थपिए
Maruti Cement