गरिवी र बेरोजगारीको अन्त्य हुन्छः प्रधानमन्त्री

Prabhu Bank

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिवी र बेरोजगारी अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबारबाट काठमााडैंमा सुरु भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशका लागि, भोलिका सन्ततिका लागि भने सबैले आ–आफ्नो ठाउँबाट सकेको योगदान दिनुपर्ने बताएका हुन् ।

Saftey Pads

प्रधानमन्त्री ओलीले मुलुकमा विद्यमान गरिवी र बेरोजगारी अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई पनि आग्रह गरे । मैले गरेका राम्रा कामको चर्चा नगर्दा हुने तर सुन्दर, सुरक्षित र समृद्ध नेपाल बनाउन भने सबै लाग्नुपर्ने पनि स्पष्ट पारे ।

उनले गरिवी र बेरोजगारीको सामना प्रतिपक्ष÷सत्तापक्ष दुवैले गरिरहनु परेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष काँग्रेस पनि तयार हुनुपर्ने स्पष्ट पारे ।  प्रधानमन्त्री ओलीले आफूले गरेका राम्रा कामको चर्चा नगरिदिए हुने पनि बताए । प्रधानमन्त्री ओलीले शिक्षालाई जीवन उपयोगी बनाएर मुलुकमा गरिवी अन्त्य गर्ने र रोजगारीको अवसृर सृजना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

अन्य सम्बन्धित समाचार:  अविश्वास प्रस्तावको डरले मुख्यमन्त्री शाहीद्वारा अधिवेशन अन्त्यको सिफारिस

त्यसका लागि सरकारले आवश्यक जनशक्ति निर्माण हुने गरी शिक्षण संस्थाहरुको स्थापना गर्ने पनि प्रधानमन्त्री ओलीको योजना छ । उनले मुलुकमा रोजगारीको अवसर सृजना गर्न कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिइएको पनि स्पष्ट पारे ।

Maruti Cement