जिम्मेवारी दृढतापूर्वक पालना गर्नुसः महालेखापरीक्षक

Prabhu Bank

काठमाण्डौ । महालेखापरीक्षक टंकमणि शर्माले राज्यले दिएको जिम्मेवारीलाई आग्रह पूर्वाग्रह नराखी दृढतापूर्वक पालना गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

Saftey Pads

आइतबार राजधानी काठमाडौंमा महालेखापरीक्षकको कार्यालयको ६१ औँ वार्षिकोत्सव कार्यक्रममा उनले अरूको दोष र खोट देखाउने भएको आफू चोखो हुनुपर्ने तर्फ सचेत हुन कर्मचारीको ध्यानाकर्षण गराएका हुन्।

उनले आग्रह पूर्वाग्रहमा पर्दा प्रतिवेदन नै गलत ठहरिने भन्दै त्यस तर्फ सचेत र जिम्मेवार बन्न कर्मचारीलाई निर्देशन दिए। कर्मचारीका स्वभाविक कमिकमजोरीलाई आफूले सधैँ जिम्मेवारी लिँदै आएको भन्दै उनले नियतबस गरिने गल्तीको दोषी स्वयं हुनुपर्ने बताए।

अन्य सम्बन्धित समाचार:  सन्दीप लामिछानेलाई अष्ट्रेलियाको बिग बास लिगमा अफर
Maruti Cement