दुई विकल्पमध्ये एक रोज्नुसः सिटौला

Prabhu Bank

काठमाण्डौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवालाई दुई विकल्पमध्ये एक रोज्न आग्रह गरेका छन्। चार वर्षे कार्यकाल फागुनमा सकिने भएकोले १४ औं महाधिवेशनको मिति अहिले नै घोषणा गरेर जाने वा संघीय संरचनाअनुसार विधान बमोजिम हुने गरी संगठन निर्माणलाई देशैभर अघि बढाउने भन्ने यकिन गर्न देउवालाई सिटौलाले आग्रह गरेका हुन्।

Saftey Pads

सभापति देउवाले चाहेमा कार्यकाल विधानअनुसार एक वर्ष र संविधानअनुसार डेढ वर्ष थप गर्न सक्ने सिटौलाको भनाइ छ। सभापतिले नेतारकार्यकर्ताको न्यायोचित मूल्यांकन गरी जिम्मेवारी दिन नसकेको उनको आरोप छ।

देश संघीय संरचनामा गए पनि प्रदेश, स्थानीय तह, वडामा संगठन नहुँदा पार्टी चलायमान हुन नसकेको उनले बताए। गल्तीहरू सच्याएर अघि बढ्न उनले सभापति देउवालाई आग्रह गरेका छन्। भातृ संस्था नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायतको महाधिवेशन समयमै गराउनुपर्नेमा उनले जोड दिए।

अन्य सम्बन्धित समाचार:  नेकपाले पनि यस वर्ष चियापान कार्यक्रम नगर्ने
Maruti Cement