परिवर्तित संरचनाअनुसार नै चल्नुपर्छः मन्त्री पण्डित

Prabhu Bank

काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुलुक संघीय संरचनामा गएसँगै अब कुनै पनि पुरानो संरचना कायम रहन नसक्ने बताएका छन् । उनले मुलुकले विगतको संरचना भोग्न नसक्ने बन्दै अब परिवर्तित संरचनाअनुसार नै चल्नुपर्ने धारणा राखेका हुन् ।

Saftey Pads

राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलको क्रममा मन्त्री पण्डितले प्रदेश लोकसेवाले सम्बन्धित प्रदेश र अन्तर्गतका स्थानीय तहका कर्मचारी भर्नाको सम्पूर्ण अधिकार रहने जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  कैलालीमा भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्षसहित तीन पक्राउ
Maruti Cement