परराष्ट्रमन्त्री ज्ञवाली चीन प्रस्थान

Prabhu Bank

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीन प्रश्थान गरेका छन् । चीनको डालियान सहरमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन आईतबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।

Saftey Pads

उनले सोमबार ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरुको खोजी’ शीर्षकमा हुने अनौपचारिक छलफलमा सहभागी हुनेछन् भने सन् २०२० का लागि जि–२० कार्यसूची विषयको छलफल सत्रमा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री ज्ञवालीले मङ्गलबार ‘जलवायु परिवर्तन भावी वित्तीय सङ्कट र नयाँ शक्ति सङ्कलन विषयका अतिरिक्त सत्रमा नेपालका तर्फबाट सम्बोद्धन गर्नेछन् । डालियानमा रहँदा उनले राजनीतिक एवं व्यापारिक वर्गसँग पनि भेटवार्ता गर्नेछन् ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण

मन्त्री ज्ञवाली यही १८ गते डालियानबाट बेइजिङतर्फ प्रस्थान गर्नेछन् । त्यहाँ उनले उच्चस्तरीय चिनियाँ अधिकारीहरुसँग छलफल गर्नेछन् । परराष्ट्रमन्त्रीका साथ चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सहसचिव घनश्याम भण्डारीलगायत छन् । मन्त्री ज्ञवाली असार २० गते स्वदेश फर्कने कार्यक्रम छ । मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत मन्त्रालयका उच्च पदाधिकारीले विदाइ गरेका थिए ।

Maruti Cement