मनाइयो बर्दियामा धान दिवस, मन्त्रीले गरे रोपाईँ

Prabhu Bank

काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागले धान दिवस २०७६ मनाएको छ । ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ १६ औँ राष्ट्रिय धान दिवस बर्दियाको राजापुरमा मनाइएका हो ।

Saftey Pads

दिवसको कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले राजापुरमा ट्रयाक्टर जोतेर र धान रोपेर उद्घाटन गरे । मन्त्रालय मातहतको बाली विकास तथा जैविक विविधता संरक्षक केन्द्रको आयोजनामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै उनले नेपालको कृषि अझै पनि आकर्षणको केन्द्र बन्न नसकेको बताए । युवाहरु विदेसिँदा जमिन बाँझो हुँदै गएको उल्लेख गर्दै मन्त्री खनालले युवालाई कृषिमा आकर्षित गर्न सोच र कृषि प्रणालीमा सुधार गर्नु जरुरी रहेको बताए ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

यता, सोही अबसर पारेर नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान वाली विज्ञान महाशाखा खुमलटारले समेत भव्य रुपमा धान रोपाईं कार्यक्रमको आयोजना गर्दै धान दिवस २०७६ मनाएको छ ।

Maruti Cement