प्रहरीको गोली लागेर सर्लाहीमा एक जनाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । सर्लाहीमा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । भीड नियन्त्रणको क्रममा गोली लागेर आइतबार ईश्वरपुर नगरपालिका १३ का २७ वर्षीय केवल महतोको मृत्यु भएको हो । सर्लाही र महोत्तरीको सीमाना बाँकेमा भएको लगातारको दोहोरो झडपका क्रममा गोली लागेर महतोको मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले बताए।

Saftey Pads

उनका अनुसार बालक मृत्यु प्रकरणलाई लिएर आक्रोशित स्थानीयको भीड नियन्त्रणका क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको थियो। यसक्रममा डेढ दर्जन प्रहरी घाइते भएको कार्कीले बताए। शनिबार ईश्वरपुर १३ को एउटा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालक अमित रायको मृत्यु भएको थियो। शनिबार रातभर प्रहरीले खोजे पनि आइतबार बिहान मात्र शव फेला परेको थियो।

अन्य सम्बन्धित समाचार:  आज काठमाडाैं उपत्यकामा १ हजार ६१५ जनामा कोरोना संक्रमण

प्रहरीले भीड नियन्त्रणका क्रममा दर्जनौं राउन्ड अश्रुग्यास, रबर गोली तथा हवाई फायर गरेको थियो। स्थिति नियन्त्रणमा नआएपछि जिल्ला सुरक्षा समितिको निर्देशनमा फायर गरेको र त्यसक्रममा एकको मृत्यु भएको डिआइजी कार्कीले बताए।

Maruti Cement