वार्षिक २५ अर्वको चामल आयात

Prabhu Bank

काठमाडौं

Saftey Pads

सरकारले अषाढ १५ लाई तामझामका साथ राष्ट्रिय धान दिवसको रुपमा मनाए पनि मुलुकमा चामलको आयात भने कत्ति पनि घटेको छैन ।

सरकारी तथ्यांक अनुसार अहिले नेपालमा वार्षिक करिब २५ अर्व रुपैयाँको चामल आयात हुँदै आएको छ । सरकारले खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि अकासे पानीको भरमा धान खेती गर्नुपर्दा उत्पादन बढ्न सकेको छैन ।

“बाह्रैमास सिँचाइ हुने क्षेत्रफल करिब २७ प्रतिशतमात्र छ, धानको लागि सिंचाई अनिवार्य हो । कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसी भने ।

चालु आर्थिक वर्ष ०७५/७६ मा मौसम राम्रो भएको कारण ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । सरकारी अधिकारीले सिंचाईको व्यवस्था नभएको बताए पनि रासायनिक मल, उन्नत बीउबिजन, धान खेतीमा प्रविधिको प्रयोगले पनि उत्पादनमा प्रभाव पार्छ ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ उपत्यकाबाट ६ दिनमा डेढ लाख बाहिरिए

मल, सिंचाई तथा धान खेती गर्ने उन्नत प्रविधिले उत्पादन बढाउन सकिने धानविज्ञ भोलामानसिंह बस्नेत बताउँछन् । ‘उत्पादन बढाउन वैज्ञानिक तरिकाले धान लगाउनु पर्छ,’ उनले भने, ‘सिँचाइ, प्रविधि, मल, बीउ र विज्ञको प्रयोग गर्नुपर्छ ।’

परम्परागत रुपमा धान खेती गरेकाले उत्पादन बढ्न नसकेको उनले बताए ।

 

Maruti Cement