प्रधानमन्त्री पत्नीले अर्वौं लिएर देश छोडिन्

Prabhu Bank

काठमाडौं

Saftey Pads

संयुक्त अरब इमेरेट्स(यूएई)का उप–राष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मखतुमकी श्रीमती हया बिन्त अल हुसैनले देश छाडेकी छिन् ।

उनले दुई बच्चा र ३.१ करोड पाउन्ड (करिब ४३४ अर्व) लिएर नाटकीय रूपमा देश छाडेकी हुन् । उनलाई जर्मनीले आफ्नो देशमा शरण दिएको छ । हयाले जर्मनी पुगेर राजनीतिक शरण मागेकी थिइन् । उनले उतैबाट श्रीमानसँग सम्बन्ध विच्छेद गर्न चाहेको पनि बताएकी छिन् ।

हया जोर्डनका राजा अब्दुल्लाहकी सौतेनी बहिनी हुन् । हया २० मेबाट कुनै सार्वजनिक समारोहमा देखापरेकी थिइनन् भने उनी सामाजिक सञ्जालमा पनि आएकी थिइनन् ।

केही समाचारका अनुसार मखतुमले जर्मनीबाट हयालाई दुबई फिर्ता पठाउन आग्रह गरेका थिए । तर, जर्मनीले उनको आग्रहलाई अस्वीकार गरिदिएको छ । यसबाट दुवै देशको सम्बन्धमा तनाव सिर्जना हुनसक्ने आँकलन गरिएको छ ।

अन्य सम्बन्धित समाचार:  अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

यो भन्दा पहिले मखतुमकी छोरी राजकुमारी लतिफाले पनि देश छाड्ने कोशिस गरेकी थिइन् । तर, उनलाई भारतीय गोवास्थित सामुन्द्रिक तटबाट तटरक्षक बलले नियन्त्रणमा लिएको थियो र उनका पितालाई बुझाइदिएको थियो । उनी त्यो बेलादेखि देखा परेकी छैनन् ।  त्यहाँका सञ्चारमाध्यमका अनुसार उनलाई नजरवन्दमा राखिएको छ ।

लतिफाले आफ्ना बुवाको अत्याचारका कारण देश छोड्न बाध्य भएको बताएकी थिइन् । हयाले पनि पारिवारिक जीवनबाट खुसी नरहेकाले उक्त निर्णय लिएको बताइएको छ ।

Maruti Cement