राष्ट्रिय ढुकुटी स्वाहा पार्न हुदैनः भट्टराई

Prabhu Bank

काठमाण्डौ । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले जनतालाई बिचल्ली बनाएर विकासका आयोजनाहरु वर्षौसम्म अलपत्र पार्न नहुने बताएका छन् । उनले प्रत्येक वर्ष बजेट आउँछ, ठेक्कापट्टा हुन्छ, तर काम नहुने र बजेट सक्ने गरिएकोप्रति दुख व्यक्त गरका हुन्।

Saftey Pads

नेता र कर्मचारीको मिलेमतोमा विकास निर्माणको बजेट हिनामिना हुने गरेको बताएका छन्। उनले जनतालाई बिचल्ली पारेर राष्ट्रिय ढुकुटी स्वाहा पार्न नहुने तर्क गरे।

पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको बारकिलो, बारपाक सडक दश वर्षअघि देखि ट्रयाक खोलेर अहिलेसम्म कालोपत्रे नभएकोप्रति चिन्ता व्यक्त गरे। नेता भट्टराईले देखाउनका लागि मात्र पनि अरु ठाउँमा असारे विकास भएपनि गोरखाको रणनीतिक महत्वको सडकमा काम नभएको गुनासो गरे।

अन्य सम्बन्धित समाचार:  खोटाङ जिप दुर्घटनामा तीनको मृत्यु
Maruti Cement