विश्वकप क्रिकेटमा अष्ट्रेलियाको जित, न्युजिल्यान्ड ८६ रनले पराजित

Prabhu Bank

काठमाण्डौ । एकदिवसिय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई पराजित गरेको छ । तीव्र गतिका बलर मिचेल स्टार्क एक्लैले ५ विकेट लिएपछि अष्ट्रेलियाले ८६ रनको सहज जित निकालेको हो । यो जितसँगै अष्ट्रेलिया ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंकका साथ शीर्षस्थानमा छ । २ सय ४४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४३ ओभर ४ बलमा अल आउट हुँदै १ सय ५७ रनमा समेटियो ।

Saftey Pads

न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ४० र रस टेलरले ३० रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । त्यसअघि लर्ड्समा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धा्रित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४३ रन जोडेको थियो ।

अन्य सम्बन्धित समाचार:  आईपीएल: आज पञ्जाब र राजस्थान भिड्दै

न्युजिल्यान्डका लागि तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ह्याट्रिक लिएका थिए । अष्ट्रेलियाका लागि उस्मान खवाजाले सर्वा्धिक ८८ रनको योगदान दिए । विकेटकिपर एलेक्स केरीले ७१ रनको योगदान दिए । एक समय ९२–५ को कमजोर अवस्थामा पुगेको अस्ट्रेलियालाई केरि र खवाजाले छैटौं विकेटका लागि १ सय ७ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए ।

शीर्ष स्थानमा रहेको अष्टे«लियाले लिग चरणको अन्तिम खेल आगमी शनिवार दक्षिण अफ्रिकासँग खेल्ने छ । त्यस्तै ८ खेलमा ५ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा रहेको न्युजिल्यान्डले निर्णायक खेल आगमी बुधबार इंग्ल्यान्डसँग खेल्ने छ ।

Maruti Cement