अध्यक्ष ज्यु मर्यादामा बस्नूसः ईश्वर पोखरेल

Prabhu Bank

काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । प्रचण्डले पार्टी एकताअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताउने गरेको भन्दै पोखरेलले मर्यादामा बस्न आग्रह गरेका हुन् ।

Saftey Pads

आलोपालो सरकारको नेतृत्व गर्ने बिषयमा पोखरेलले आफूहरुलाई थाहै नभएको जिकिर गरे । उनले सहमति गरेको भए पनि सीमामा बस्न प्रचण्डलाई सुझाए । उनले जनताको बहुदलीय जनवाद छाड्न आफूहरु तयार नरहेको बताए ।
उनले सहमतिबारे कमिटी बेखबर रहेको बताए ।

उनले सहमतिको अनावश्यक रुपमा मार्के्टिङ गरिएको आरोप लगाए । पोखरेलले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको भन्ने विषयमा पार्टीलाई जानकारी नभएको बताएका छन् ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले लगाए राष्ट्रपतिका हातबाट टीका
Maruti Cement