वृद्धा हत्यामा संलग्न सार्वजनिक, छोरीले गराइन् आमाको हत्या

Prabhu Bank

काठमाण्डौ। भक्तपुरको चाँगुनारायण नगरपालिका ७, बाँसबारीमा आइतबार बिहान भएको वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएको आरोपमा सिरहा विष्णुपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नैसाद, भारत जनक भगत ईडीका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारत मधुमनी रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिश र मृतककी कान्छी छोरी २७ वर्षीय ईश्वरी भट्टराईलाई सार्वजनिक गरेको हो ।

Saftey Pads

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ५ घर भई भक्तपुरको चाँगुनारायण ७, बाँसबारीस्थित छोरी इश्वरी भट्टराईको घरमा आएका बखत आइतबार बिहान ६१ वर्षीय सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको थियो। २७ वर्षीया इश्वरीको मोहम्मदसँगको सम्बन्धका बारेमा आमा सावित्रीलाई थाहा भएपछि सो कुरा बाहिर नआओस् भन्न आमाको हत्या गराएको इश्वरीले स्वीकारेकी छिन्।

अन्य सम्बन्धित समाचार:  नवलपरासीमा पुजारीको हत्या

इश्वरीले आफ्ना प्रेमी मोहम्मदसँग सल्लाह गरी आमाको हत्या गर्न १२ लाख रुपैयाँको सुपारी दिएकी थिइन् । यसका लागि मोहम्मदले भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय ’अर्जुन कुमार’ भनिने भोला कुमारको सहयोग लिएका थिए। यी दुवैले भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई हत्या गर्न सुपारी दिएका थिए।

Maruti Cement