सधैं सरकारको मुख ताकेर हुदैनः प्रधानमन्त्री

Prabhu Bank

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल एयरलाइन्सलाई सरकारले एक रुपैयाँ पनि दिन नसकिने बताएका छन्। नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले व्यवस्थापन सुधार नभएसम्म सरकारले ऋण वा लगानी स्वरूप एक रुपैयाँ पनि दिने नसक्ने प्रष्ट पारका हुन् ।

Saftey Pads

पछिल्लो समय वाइड बडी जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नसकेको एयरलाइन्सले सरकारसँग बजेट माग्दै आएको छ। राष्ट्रिय ध्वजावाहक भएकाले सरकार काँध थाप्ने तर आँखा चिम्लेर पैसामात्र दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई उनले सचेत गराएका छन्।

नेपाल एयरलाइन्सको सफल सञ्चालनका लागि सरकारले जुनसुकै हस्तक्षेप गर्ने उनको भनाइ छ। पर्यटन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका ओलीले संस्थाले सधैं सरकारको मुख ताकेर नहुने बताए। नाम वायुसेवा भए पनि दान पून्यको काम नभएको भन्दै उनले एयरलाइन्स सञ्चालन भनेको स्वास्थ्य शिविर जस्तो नभएको उनले सम्झाए।

अन्य सम्बन्धित समाचार:  शुक्रबारदेखि बडादसैँ समापन हुँदै
Maruti Cement