छात्रामाथी अभद्र व्यवहार गरेको आरोपमा अध्यक्ष पक्राउ

Prabhu Bank

काठमाडौं । गोरखामा छात्रामाथी अभद्र व्यवहार गरेको आरोपमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पक्राउ परेका छन् । पालुङटारमा रहेको अमरज्योति जनता माविमा १२ कक्षा पढ्ने १६ वर्षीया छात्रालाई छात्रावासको झ्यालबाट हात छिराई छात्राको लुगा तानी अभद्र व्यवहार गरेको आधारमा अध्यक्ष प्रकाश न्यौपाने पक्राउ परेका हुन् ।

Saftey Pads

उनले यसअघि पनि पटकपटक यस्तो दुर्व्यवहार हुँदै आएको पीडित छात्राले प्रहरी उजुरीमा जनाएकी छन । सार्वजनिक हितविरुद्घको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । आरोपित न्यौपाने भने आफूलाई नियोजित रुपमा फसाउन खोजीएको बताउदै आएका छन ।

अन्य सम्बन्धित समाचार:  भारतीय सेनाध्यक्षलाई कात्तिक २० मा मानार्थ महारथीको दर्जा दिइने
Maruti Cement