टिपरको ठक्करले भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

Prabhu Bank

काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । थिमि नगरपालिका– ४ राधेराधे चोकमा सोमबार काठमाडाँंबाट भक्तपुर तर्फ जाँदै गरेको बा ५ ख ५३४३ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३–०२–००६ प ४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोलुखुम्बु पञ्चन– ९ घर भएका २८ वर्षीय फ्रेमबहादुर राइको मृत्यु भएको हो ।

Saftey Pads

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोरखेलका अनुसार, मध्यपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

दुबै सवारी साधन महानगरीय प्रहरी वृत्तथिमिको नियन्त्रणमा राखेको फरार टिफर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि (तालिका सहित)
Maruti Cement