साझाले यही वर्ष बिजुली बस ल्याउने, प्रदेश सरकार र ललितपुर महानगरले दिए रकम

Prabhu Bank

काठमाण्डौ । बिजुली बस खरिदका लागि प्रदेश तीन सरकार र ललितपुर महानगरले साझा यातायातलाई रकम हस्तान्तरण गरेका छन्। साझाले यही वर्ष बिजुली बस ल्याउने भए पछि प्रदेश ३ सरकारले ३० करोड रुपैयाँ र ललितपुर महानगरले साढे २ करोड रुपैयाँको चेक साझालाई हस्तान्तरण गरेका हुन् ।

Saftey Pads

राजधानीमा आयोजित एक कार्यक्रममा बिजुली बस खरिद गर्नेगरी प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, ललितपुरका मेयर चिरिबाबु महर्जन र साझाका अध्यक्ष कनकमणि दीक्षितबीच सम्झौता भएको छ। बिजुली बसका लागि काठमाडौं महानगरले १० करोड र साझा सहकारीले साढे २ करोड गरी कुल ४५ करोड लगानी गर्ने सहमति भएको छ।

अन्य सम्बन्धित समाचार:  मोरङबाट विप्लव समूहका कम्पनी कमिसारसहित दुई पक्राउ

२०७६ सालभित्रै बिजुली बस सञ्चालन गर्ने योजना रहेको साझा यातायातले जनाएको छ। भविष्यको आवश्यकतालाई महसुस गर्दै प्रदेश ३ सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्न लागेको मुख्य मन्त्री डोरमणि पौडेलले बताए।
अब ल्याइने बस धेरैजसो उपत्यकामा सञ्चालन हुने उनले जानकारी दिए। उनका अनुसार हेटौंडा र काठमाडौं आउनेबीचको ठाउँमा चार्जिङ स्टेसन बनाउने प्रदेश सरकारको योजना छ। ४५ करोड रुपैयाँमा करिब ३० वटा बिजुली बस आउने अनुमान छ।

जसमध्ये २० वटा बस काठमाडौंमा र अरू बस सडक राम्रो भएको हेटौंडा–नारायणगढ खण्डमा पनि सञ्चालन गर्न सकिने पौडेलले बताए। तीन नम्बर प्रदेशले विद्युतीय सवारी चल्न सक्ने सबै जिल्लामा सञ्चालन गर्ने लक्ष्य लिएको उनले बताए।
विद्युतीय सवारी सञ्चालन गर्न चाहने निजी क्षेत्रलाई केही सहुलियत पनि दिइने उनले बताए। ४५ करोडले ३० वटाको हाराहारीमा बिजुली बस खरिद गर्न सकिने विद्युतीय बस सञ्चालन तथा बिक्री वितरणको तयारीमा रहेको सुन्दर यातायात ट्रेडर्सका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सन्दीप लामिछानेलाई अष्ट्रेलियाको बिग बास लिगमा अफर
Maruti Cement