न्यायिक समितिले प्रभावकारी ढंगले काम गर्नुपर्छः मन्त्री थापा

Prabhu Bank

काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जनतासँग प्रत्यक्ष सम्बन्ध रहेको स्थानीय तहमा न्यायिक समितिले गरेको फैसला स्वस्थ हुनुपर्ने बताएकी छन् ।

Saftey Pads

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सोमबार विराटनगरमा आयोजित मोरङ र सुनसरी जिल्लाका स्थानीय तहका न्यायिक समितिका पदाधिकारीलाई न्याय सम्पादनको प्रयोगात्मक अभ्याससम्बन्धी कार्यशालामा उनले स्थानीय तहमा न्याय सम्पादनमा भूमिका निर्वाह गरिरहेको न्यायिक समितिलाई अझ सशक्त बनाई जिम्मेवार बनाउन कार्यशालाले मद्दत र्पुयाउने बताइन् ।

स्थानीय तहमा देखिने विवाद र समस्यालाई समाधान गरेर अदालतमा जाने मुद्दाको चाप घट्ने विश्वास व्यक्त गर्दै उनले समाजमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्ग मानिसमा हुने विभेदलाई हटाउन न्यायिक समितिले प्रभावकारी ढंगले काम गर्नुपर्ने र न्यायिक समितिले गर्ने फैसला सन्तुलित हुनुपर्ने बताए ।

अन्य सम्बन्धित समाचार:  अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लागेको बलात्कार मुद्दा अघि बढ्ने

सामाजिक परिवर्तनमा न्यायिक समितिले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिँदै मन्त्री थापाले समितिले महिलालाई सशक्तिकरण गरेर आयआर्जनको बाटोमा लैजानुपर्ने धारणा राखे ।

Maruti Cement