शिक्षक बनाइदिन्छु भन्दै ६१ लाख ठग्ने प्रधानाध्यापक पक्राउ

Prabhu Bank

काठमाडौं । शिक्षक बनाइदिन्छु भन्दै ६१ लाख रुपैयाँ ठग्ने प्रधानाध्यापक पक्राउ परेका छन् । पर्सा र रौतहटका २० जनालाई शिक्षक बनाइदिने भन्दै प्रतिव्यक्ति २ लाख देखी ५ लाखसम्म लिएका बारा जितपुर सिमरा पमहानगरपालिका–स्थित सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्रधानाध्यापक ४३ वर्षीय अनिल कुमार ठाकुर पक्राउ परेका हुन् ।

Saftey Pads

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईका अनुसार ठाकुरले रकम लिएका व्यक्तिलाई नक्कली नियुक्तिपत्र समेत प्रदान गर्दै आएको खुलेको छ । बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसपी भट्टराईले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  प्रसिद्ध बाग्लुङ कालिका भगवती मन्दिर दसैँमा सुनसान
Maruti Cement