सशस्त्र प्रहरीका चार पूर्वआईजीपीलाई विशेष अदालतले दियो सफाई

Prabhu Bank

काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार आरोप लागेका सशस्त्र प्रहरीका चारजना पूर्वआईजीपीलाई सफाई दिएको छ । सशस्त्र प्रहरीका पूर्व आइजीहरु बासुदेव ओली, सनत बस्नेत, कोषराज वन्त र शैलेन्द्रकुमार श्रेष्ठलाई सफाई दिएको हो ।

Saftey Pads

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति जोडेको तथा भ्रष्टाचार गरेको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले उनीहरुलाई सफाई दिएको हो ।

उनीहरुको पक्षबाट वरिष्ठ अधिवक्ता ललित बस्नेतले वकालत गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ मा काठमाडौँ आउने
Maruti Cement