संखुवासभामा सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मी परिचालन

Prabhu Bank

काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिकामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो ‘फायरिङ’ भएपछि नेपाली सेनाको एमआई १७ हेलिकप्टरसहित सुरक्षाकर्मी परिचालन भएका छन् । प्रहरी स्रोतबाट प्राप्त जानकारी अनुसार दिउँसो काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरसहित प्रहरी निरीक्षक शेखरजंग मल्लको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा परिचालन भएको हो ।

Saftey Pads

गत असार १० गते जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायव निरीक्षक टिकाराम सुनुवारको कमाण्डमा रहेको ७ जनाको प्रहरी टोली सिलिचोङ पुगेको थियो । टोलीमा सिसुवाटार प्रहरी चौकीबाट २ जना र सशस्त्र प्रहरी बलको १० जना गरी जम्मा १९ जनाको टोलीले सोमवार बिहान ९ः५५ बजे ‘एरिया क्लीयर’ गर्ने क्रममा सिलिचोङमा विप्लव समूहद्वारा फायर खोलेको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  महानवमीमा तलेजु भवानी नखुल्ने

विप्लव नेकपाले ‘फायर’ खोलेपछि प्रहरीको टोलीले जवाफी फायर खोलेको प्रहरी दाबी छ । जवाफी फायरपछि विप्लव समूह तितरवितर भएको थियो । दोहोरो फायरिङपछि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मीको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ ।

Maruti Cement