आइफा अवार्डलाई सरकारले बजेट छुट्याएको छैनः सञ्चारमन्त्री बाँस्कोटा

Prabhu Bank

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अर्वाडका लागि सरकारले बजेट नछुट्याएको बताएका छन् । सरकारले उक्त अवार्ड नेपालमा गर्न दिने निर्णय गरेको भएपनि एक रुपैयाँ पनि बजेट नछुट्याएको उनले स्पष्ट पारेका हुन् ।

Saftey Pads

सोमबार चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले आइफालेमात्रै नभएर हलिउडले पनि नेपालमा कार्यक्रम गर्ने प्रस्ताव ल्याए सरकार सकारात्मक हुने जनाए ।

उनले आइफा नेपालमा आयोजना गर्दा देशलाई घाटा नहुने भन्दै देशकै प्रचारप्रसारमा सहयोग पुग्ने पनि दाबी गरे । मिडिया र सञ्चारकर्मीको कडा आलोचना गर्दै उनले पत्रकारहरुमाथि भरोसा नै हुन छाडेको बताए । यस्तै मन्त्री बास्कोटाले विदेशी च्यानलमा क्लिनफिड लगाएरै छाड्ने पनि उद्घोष गरे ।

अन्य सम्बन्धित समाचार:  अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लागेको बलात्कार मुद्दा अघि बढ्ने
Maruti Cement