राष्ट्रिय चलचित्र अवार्ड असार २७ गते हुने

Prabhu Bank

काठमाडौं । ‘राष्ट्रिय चलचित्र अवार्ड’ यही असार २७ गते हुने भएको छ । तीन वर्षदेखि रोकिएका अवार्डको मिति असार २७ गतेका लागि तय गरिएको हो ।

Saftey Pads

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्डका लागि समय र पैसा खर्च गर्ने तर नेपालको राष्ट्रिय अवार्ड वितरणमा सरकार उदासिन भएको भन्ने चौतर्फी आलोचना भइरहेकाबेला अवार्ड वितरण हुने भएको चलचित्र विकास बोर्डले जनाएको छ ।

निजी क्षेत्रका संस्थाहरुले वसेर्नि अवार्ड वितरण गर्दै आएपनि सरकारले भने नियमितरुपमा अवार्ड वितरण गर्न नसकेको भन्दै वोर्ड र सरकारको आलोचना हुँदै आएको छ ।

Maruti Cement