सरकार संविधान उल्टयाउने प्रयासमा छः बालकृष्ण खाँड

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्टयाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । प्रमुख सचेतक खाँडले विधेयकको माध्यामबाट संविधानको प्रावधानलाई उल्टयाउने काम सरकारले गरिरहेको प्रमुख सचेतक खाँडले दावी गरेका हुन् ।

Saftey Pads

६१ औं संसद दिवसको अवसर पारेर पूर्व सांसद मञ्च, नेपाल र संघीय संसद सचिवालयले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संसदीय लोकतन्त्रप्रति विश्वास गर्न पनि सबैलाई आग्रह गरे ।

प्रमुख सचेतक खाँडले जनतालाई शान्तिपूर्ण ढंगले जीउने वातावरण बनाउन पनि संसदीय लोकतन्त्रको विकल्प नरहेको पनि स्पष्ट पारे ।

अन्य सम्बन्धित समाचार:  दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै
Maruti Cement