संसदीय व्यवस्थालाई धरापमा पार्ने तत्वहरुबाट सचेत रहनुपर्छः सभामुख महरा

Prabhu Bank

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय व्यवस्थालाई विगतमा धरापमा पार्ने तत्वहरुबाट सचेत रहन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

Saftey Pads

सभामुख महराले विगतमा संसदीय व्यवस्था गुमाउनु परेको क्षणको स्मरण गराउँदै अब त्यसो हुन नदिन सबै राजनीतिक दलहरुलाई सचेत गराएका हुन् ।

६१ औं संसद दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदीय अभ्यासलाई बलियो बनाउने काममा केन्द्रित हुन जरुरी रहेको पनि बताए ।

सभामुख महराले दलहरुभित्रको अन्तरविरोध चर्काएर खेल्ने तत्वहरुबाट जोगिन पनि राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका हुन् ।

अन्य सम्बन्धित समाचार:  बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु
Maruti Cement