नयाँ स्वास्थ्य नीति सार्वजनिक

Prabhu Bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ राष्ट्रिय स्वास्थ्य नीति २०७६ सार्वजनिक गरेको छ। जेठ १० गते नै मन्त्रिपरिषदबाट पास भएको नीति स्वास्थ्य मन्त्रालयमा सोमबार उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सार्वजनिक गरेका हुन्। संघीयता लागू भएपछि स्वास्थ्यको संघीय संरचनाअनुसार स्वास्थ्य नीति बनाइएको छ।

Saftey Pads

जसअनुसारअब हरेक स्थानीय तह, संघ र प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि मुख्य सडक मार्गहरूमा समेत ट्रमाको उपचार हुने स्वास्थ्य संस्थाको स्थापना गरिने विषयलाई नयाँ स्वास्थ्य नीतिमा समेटिएको मन्त्री यादवले बताए।
यस नीतिअन्तर्गत ६ प्रकारका उद्देश्य, २५ वटा नीति तथा १४६ रणनीति रहेका छन्।

प्रत्येक वडामा स्वास्थ्य संस्थासहित एम्बुलेसदेखि टेलिमेडिसिनसम्म नीतिमा आयुर्वेदको विकास गरी स्वास्थ्य पर्यटन भित्र्याउने, स्वास्थ्यमा लगानी बढाउने, देशभित्र र बाहिरका सबै नेपालीलाई समेट्ने लगायतका २५ वटा मुख्य नीति र त्यसका रणनीति रहेका छन्।

अन्य सम्बन्धित समाचार:  दसैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिँदै

देशमा रहेका प्रत्येक वडामा स्वास्थ्य संस्थासहित एम्बुलेसको व्यवस्था गरिने कुरालाई नयाँ स्वास्थ्य नीतिमा समेटिएको छ। यस्तै जनतालाई स्वास्थ्य सेवाको पहुँच सहजरुपमा होस् भन्नको लागि मोबाइल हेल्थ, टेलिमेडिसिनलगायत सेवाको व्यवस्था गरिने पनि बताइएको छ।

Maruti Cement