लहानमा ट्रकले टेम्पोलाई ठक्कर दिँदा तीनको मृत्यु, ११ जना घाइते

Prabhu Bank

काठमाण्डौ । सिराहास्थित लहानको परहिया चोकमा ट्रकले टेम्पोलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको टेम्पोलाई पछाडिबाट ठक्कर दिँदा भएको सो दुर्घटनामा ११ जना घाइते भएका छन् ।

Saftey Pads

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय गोलबजार नगरपालिका बस्ने गनपैत महरा, सिराहा बरियारपट्टी बस्ने ७० बर्षीय बैतयादेवी राम मोती र धनगढी माई नगरपालिका बस्ने बुनुमाया लामा रहेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जनाकारी दिए।

ट्रक र चालक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको सिराहा जिल्ला प्रहरी कार्यलयले जनाएको छ। घाइतेको उपचारका लागि ६ जनालाई विराटनगरको नर्सिङ्ग अस्पतालमा पठाइएको छ भने अन्यको स्थानीय र धरानको विभिन्न अस्पतालमा पठाइएको छ।

अन्य सम्बन्धित समाचार:  प्युठान: भतिजाले बाँदर धपाउन हानेको गोली लागेर काकाको ज्यान गयो
Maruti Cement