विवेकशील नेपालीको राष्ट्रिय सम्मेलन कात्तिकमा हुने

Prabhu Bank

काठमाडौं । विवेकशील नेपाली दलको राष्ट्रिय सम्मेलन आउँदो कात्तिकमा हुने भएको छ । रोल्पाको सदरमुकाम लिवाङमा तीन दिनसम्म चलेको नीति सम्मेलनले पार्टीको राष्ट्रिय सम्मेलन कात्तिक १ र २ गते जनकपुरमा गर्ने निर्णय गरेको हो ।
यस्तै नवनिर्वाचित पदाधिकारी तथा सङ्घीय समितिको सपथ ग्रहण लुम्बिनीमा गर्ने तय भएको प्रवक्ता मिलन पाण्डेले जानकारी दिए।

Saftey Pads

सम्मेलनले विवेकशील नेपालीको संघीय (केन्द्रीय) समितिका (अध्यक्ष रउपाध्यक्ष मध्ये एक, महासचिव रकोषाध्यक्ष मध्ये एक र दुई सचिव मध्ये एक गरी) ६ प्रमुख पदहरूमध्ये कम्तीमा ३ जना (५०५) महिला प्रत्यक्ष रूपमा निर्वा्चित हुने सुनिश्चित गरेको छ।

प्रवक्ता पाण्डेका अनुसार संघीय समितिमा महिला सहभागिता कम्तिमा ३७.८४५ र अन्य समावेशी सहभागिता कम्तीमा २१.६२५ गरि ५९.४६५ समावेशिता सुनिश्चित गरेको छ। संघीय (केन्द्रीय) समिति बढीमा ९९ जनाको रहनेछ जसमा पदाधिकारी सहित ७४ जना प्रत्यक्ष रूपमा निर्वा्चित हुनेछन् भने अधिकतम् २४ जना मनोनित हुनेछन्।

अन्य सम्बन्धित समाचार:  मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख पुग्यो

सैद्धान्तिक रूपमा शत प्रतिशत नै महिला नेतृत्व निर्वा्चित हुनसक्ने मार्ग पनि खुला रहेकाले नेपाली राजनीतिमा लैंगिक समावेशिताको दृष्टिले आफैंमा ऐतिहासिक निर्णय भएको पाण्डेले दाबी गरे। निर्वा्चित हुने सदस्यहरूमा खुला रूपमा निर्वा्चित हुने, प्रदेशबाट निर्वा्चित हुने तथा समावेशी समूहबाट निर्वा्चित हुने सदस्यहरू रहनेछन्। साथै, १८ देखि २१ वर्ष उमेर समूहका फरक लिंगका दुई जना सदस्यहरू पनि केन्द्रीय समिति सदस्यमा निर्वा्चित हुने व्यवस्था गरिएको छ।

Maruti Cement