पुनर्निर्माणमा खटिएका १९ प्राविधिक कारवाहीमा

Prabhu Bank

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारवाही गरेको छ। प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिक विभिन्न गैरकानूनी काममा संलग्न रहेको आरोपमा कारवाही गरिएको हो।

Saftey Pads

भूकम्पपीडितबाट गैरकानूनी रुपमा रकम असुलेको, पीडितलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर कीर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र जिल्ला आयोजना कार्यान्वयन एकाइले दिएका निर्देशन पालना नगरेका कारण कारवाही गरिएको प्राधिकरणले जनाएको छ।

ती प्राविधिकको करार सम्झौता भङ्ग गरी नियमानुसार कारवाही गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए। कारवाहीमा पर्नेमा १२ इञ्जिनियर, पाँच सव–इञ्जिनीयर र दुई जना सहायक सव–इञ्जिनियर छन्। तीमध्ये नुवाकोटमा कार्यरत आठ, काभ्रेपलाञ्चोकमा कार्यरत तीन, सिन्धुपाल्चोकमा कार्यरत दुई, दोलखामा कार्यरत दुई, धादिङमा कार्यरत दुई जना छन्। भोजपुर र सोलुखुम्बुमा कार्यरत एक–एक जना प्राविधिक छन्।

अन्य सम्बन्धित समाचार:  डोल्पा: त्रिपुराकोटमा दसैँको जमरा टीका लगाउने आफ्नै साइत
Maruti Cement