प्रधानमन्त्रीको पश्नः ‘वायू सेवा निगम ६१ वर्षमा ३७ अर्ब घाटामा गएछ, यसको कारण के हो?

Prabhu Bank

काठमाडौं

Saftey Pads

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायू सेवा निगमले तत्काल व्यवस्थापन सुधार गर्नुपर्ने बताएका छन् ।

निगमको ६१ औं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरू सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो भनेर प्रश्नसमेत गरे ।

‘वायू सेवा निगम ६१ वर्षमा ३७ अर्ब घाटामा गएछ यसको कारण के हो?’ प्रधानमन्त्री ओलीले सोधे,

साथै यथास्थितीमा निगमलाई सरकारले एक पैसा पनि नदिने प्रधानमन्त्रीले बताए । निगमका निर्णय हचुवामा हुने गरेकोसमेत उनले दावी गरे ।

 

अन्य सम्बन्धित समाचार:  गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग
Maruti Cement