देशैभरी प्रहरी दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने विप्लवको चेतावनी

Prabhu Bank

काठमाडौं

Saftey Pads

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको भन्दै घटनाको निन्दा र र भर्त्सना गरेको छ ।

पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले सोमबार प्रेस वक्तव्य जारी गर्दै घटनाको निन्दा गर्नुका साथै तत्काल दमन बन्द नगरे प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।

प्रकाण्डले वक्तव्यमा भनेका छन्, ‘सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्तामाथि केपी ओली–बादल गृह प्रशासनले तीव्र प्रहरी दमन गरेको छ । पार्टी यसको घोर निन्दा एवम् भर्त्सना गर्दछ ।’

अन्य सम्बन्धित समाचार:  कैलालीमा भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्षसहित तीन पक्राउ

विज्ञप्तीः

Maruti Cement