गजल

भारतको अवार्डमा सरकार पोख्छ अर्ब
कसले बुझ्ने नेपालकै कलाकारको मर्म ?

किन परदेश पलायन नहोऊन् त कलाकार ?
नभएपछि देशमा कुनै गरी खान कर्म !

घुम्यो यता उता, ढोग्यो राजदूत र नेता
ढुकुटी त सकिसक्यौ मान लाज सर्म ?

पर्यटन प्रबद्र्घन गर, लम्पसार त भो नपर,
आफ्नै कलासंस्कृतिमा कहिले गर्ने गर्व ?

विष्णु जोशी 
छान्ना बझाङ, हालः विद्यावारिधि  (रसायनशास्त्र)
यूनिभर्सिटी अफ म्यासाचुसेट्स, अमेरिका

तपाईंको प्रतिक्रिया/टिप्पणी