काठमाडौंको सिनामंगलमा दुर्घटना, १६ घाइते

Prabhu Bank

काठमाडौं

Saftey Pads

काठमाडौं सिनामंगलमा माइक्रोबस दुर्घटना भएको छ ।

गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा दुबै माइक्रोमा रहेका १६ जना घाइते भएका छन् । घाइते हुनेमा १३ जना पुरुष र ३ जना महिला रहेको प्रहरीले जनाएको छ ।

माइक्रोबस चालक हिमाल काफ्लेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको काठमाडैं मेडिकल कलेज(केएमसी) मा उपचार भइरहेको छ ।

अन्य सम्बन्धित समाचार:  सन्दीप लामिछानेलाई अष्ट्रेलियाको बिग बास लिगमा अफर
Maruti Cement