वर्षाको कारण मुम्बईमा पर्खाल भत्कियो, १९ को मृत्यु

Prabhu Bank

काठमाण्डौ । महाराष्ट्रको मुम्बईमा पछिल्लो पाँच दिनदेखि लगातार भारी वर्षा भइरहेको छ । पछिल्लो दुई दिनमा ५४ सेमी वर्षा भएको छ । थुप्रै इलाकामा पाँचदेखि ६ फिट पानी भरिएको छ । मौसम विभागको तर्फबाट मंगलबार पनि भारी वर्षाको अलर्ट जारी गरेको छ । सरकारले मंगलबार सबै सरकारी र नीजि स्कूल–कलेज र अफिस बन्द गर्ने निर्णय गरेको छ । भारी वर्षाका कारण मुम्बई एयरपोर्टमा स्पाइस जेटको फ्लाइट चिप्लिएको छ जसका कामरण मुख्य रनवे बन्द गरिएको छ ।

Saftey Pads

यस्तै मलाड इस्टको पम्परिपाडामा सोमबार अबेर राती पर्खाल भत्कँदा १३ जनाको मृत्यु भएको छ र १३ घाइते भएका छन् । महाराष्ट्र सरकारले मलाड दुर्घटनाका मृतकका परिवारलाई ५ लाख भारु दिने घोषणा गरेको छ । पुलिसले भनेको छ, ‘१३ जनालाई जोगेश्वरी र शताब्दी अस्पतालमा भर्ना गरिएको छ ।’ दुर्घटनापछि स्थानीयले तत्काल केही मानिसहरुको उद्धार गरेका छन् । उता मौसम विभागले मध्यप्रदेशसहित छत्तीसगढ, महाराष्ट्र, गुजरात, झारखण्ड, उत्तर प्रदेश, अरुणचल, असम, बंगालमा दुई दिनसम्म भारी वर्षाको प्रक्षेपण गरेको छ ।

अन्य सम्बन्धित समाचार:  रिपब्लिकन सिनेटरहरुले तीन सामाजिक सञ्जालका प्रमुखसँग सोधपुछ गर्ने

विमानस्थलको मुख्य रनवे बन्दः
भारी वर्षाको असर मुम्बई एयरपोर्टमा पनि देखिएको छ । स्पाइसजेट एसजी ६२३७ जयपुर–मुम्बई फ्लाइट रनवेमा चिप्लिएको छ जसका कारण मंगलबार राती मुम्बई एयरपोर्टको मुख्य रनवे बन्द गरिएको छ । वैकल्पिक रनवेमार्फत् काम चलिरहेको छ । स्पाइसजेट घटनापछि ५४ बढी विमानलाई डाइभर्ट गरिएको छ । यसमध्ये केही अहमदाबाद र बेंगलुरुका लागि डाइभर्ट गरियो । घरेलु एयरलाइन्सले सोसल मिडियामा फ्लाइट्सको ढिलाई र रद्द भएको जानकारी दिइरहेका छन् ।

पुणेमा पनि ६ को मृत्युः
पुणेमा सोमबार बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । यहाँको सिंघड कलेजको पर्खाल भत्किँदा ६ को मृत्यु भयो । दुर्घटना सोमबार अबेर राती भयो । एजेन्सी

अन्य सम्बन्धित समाचार:  चन्द्रमाको सतहमा भेटियो पानी
Maruti Cement