मापदण्ड पूरा नगरी भौतिक संरचना निर्माण भएमा बिजुलीको मिटर नदिइने

Prabhu Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तोकिएको विद्युतीय लाइनको मापदण्ड पूरा नगरी भौतिक संरचना निर्माण भएमा बिजुली सेवा उपलब्ध नगराउने भएको छ । पछिल्लो सयममा विजुलीको तार घर बीच तोकिएको दूरी मिचेर घर बनाउने क्रम तीव्र भएपछि प्राकिरणले काठमाडौं महानगरपालिकालाई पत्र लेखेर त्यस्ता संरचनाको नक्सा पास नगर्न जानकारी दिएको हो ।

Saftey Pads

यदि घर र लाइनको तारबीच तोकिएको दूरी नछाडी घरसहितका भौतिक संरचना तयार गरे त्यस्ता घरमा बिजुलीको मिटर उपलब्ध गराउन प्राधिकरण बाध्य नहुने पत्रमा उल्लेख छ । विद्युत वितरण नियमावली २०५९ को विनियम १६ (५) मा भौतिक संरचना निर्माण गर्दा निचित दूरी छाड्नुपर्ने व्यवस्था छ । विनियमअनुसार २३०÷४०० देखि ११ हजार भोल्टेसम्म लाइनका तरबाट घर वा घर परिसरमा रोएकिो रुखको दूरी १ दशमलव ५ मिटर दूरी हुनुपर्छ ।

अन्य सम्बन्धित समाचार:  दाङमा भैँसीले हान्दा मालिकको मृत्यु

११ हजारदेखि ३३ हजार भोल्टेजसम्का बिजुली लाइनसँगै घर बनाउँदा रुख या घरबाट २ मिटर दूरी छाड्नुपर्छ । यसरी तोउिको दूरी नछोडी घर बनाउादा विद्युतयि दुर्घटनाको जोखिम उच्च हुन्छ । ग्राक तथा सर्वसाधारणको सुरक्षाका लागि तोकिएको मापदण्ड पुरा नभए प्राधिरकणले बिजुलीको मिटर नदिने व्यवस्था छ ।

Maruti Cement