सिन्धु मल्लको “चैर मुसी चैर”ले पायो दश लाख दर्शक

Prabhu Bank

काठमाण्डौ । चर्चित गायिका सिन्धु मल्लको पिरतिको जाल “चैर मुसी चैर”ले दश लाख दर्शकको माया पाएको छ । गायिका मल्ल र गायक अमित बरालको स्वर रहेको यस गीतले सार्वजनिक भएको छोटो समयमै दश लाख बढि दर्शकको माया पाएको हो ।

Saftey Pads

मंगलबार फेसबुकमा स्टाटस लेख्दै गायिक मल्लले छोटो समयमा सबैले मन पराएको भन्दै खुशी व्यक्त गरेकी छिन् । गीतले सबैको माया पाएको भन्दै सबै दर्शक श्रोतालाई धन्यवाद दिएकी छिन् ।  सुदाम थापा र नरेन्द्र राज रेग्मीको शब्द संगित रहेको गीतको एरेन्ज केशब बडुको रहेको छ । शिव बिकको निर्देशन रहेको भिडियोमा नायक पल शाह र बर्षा शिवाकोटीको अभिनय रहेको छ ।

अन्य सम्बन्धित समाचार:  कलाकार हरिवंश आचार्य दम्पतीले जिते कोरोना

गायिका मल्लको धरानको बजारमा, काफल गेडी कुटुक्कै, माछी मारन, ससुरालीमा, लठ्ठी चार्ज नगर, कहाँ हो कहाँ,झलझली आँखैमा लगायतका गीतहरु उत्कृष्ट रहेको छ ।

भिडियो हेर्नुहोस

Maruti Cement