सरकारका काम अलोकप्रिय बन्दै गयोः नेपाल

Prabhu Bank

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पूर्व सांसद मञ्च नेपालको १९ आँै साधारण सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दे नेता नेपालले पूर्वाधार विनाका योजना घोषणा, मनपरि नियुक्ति अवकास लगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताए ।

Saftey Pads

न्युनतम पूर्वाधार विना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या श्रृजना भएको टिप्पणी उनले गरे । व्यवहारमा पुष्टि नहुने सिद्धान्त सहि सिद्धान्त नहुने भन्दै उनले परिर्वतनको आवश्यकता औल्याए । नेतृत्वले सधै विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुन सक्नुपर्ने नेता नेपालको भनाई थियो ।

अन्य सम्बन्धित समाचार:  मोरङबाट विप्लव समूहका कम्पनी कमिसारसहित दुई पक्राउ

नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरुको सन्र्दभमा उनले आफ्नो मुलुकका लागि हुने लाभ हानीको विश्लेषण गरि निर्णय गर्नुपर्ने धारणा राखे । केही विशेष अवस्था र विषयले नेपालको राष्ट्रियता बेलाबखतमा संवेदनशील भएको हुनाले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखि निर्णय गर्नुपर्नेमा उनले जोड दिए । नेता नेपालले राम्रो गर्नेलाई ईष्र्या गर्ने किसिमको ध्वंम्सात्मक दिमाग राख्न नहुने बताए ।

Maruti Cement