प्रहरी हवल्दारद्धारा बोक्सी भन्दै कुटपिट

Prabhu Bank

काठमाण्डौ । सप्तरीकी एक महिलाले प्रहरी हवल्दारले आफूलाई बोक्सी भन्दै कुटपिट गरेको आरोप लगाएकी छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ वर्षीया जशोधियादेवी यादवले सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी प्रहरी हवल्दार कमलदेव यादवले कुटेको बताइन् ।

Saftey Pads

जशोधियादेवी र कमलदेवबीच काकी(भतिजाको नाता छ । पत्रकार सम्मेलनको बेला उनका आँखा वरिपरि निलडाम देखिन्थे । कमलदेव काठमाडौंमा कार्यरत रहेको र घर आएको बेला आफूलाई बोक्सीको आरोपमा पटक/पटक कुटपिट गर्ने गरेको उनको भनाइ छ ।

कमलदेवविरुद्ध प्रहरीले निवेदन दर्ता गर्नसमेत नमानेको उनले पत्रकार सम्मेलनमा बताइन् । जिल्ला प्रहरी कार्यालय, सप्तरीका डिएसपी भावेश रिमालले भने घटनाको छानबिन भइरहेको र यस सम्बन्धमा बुझ्नका लागि दुवै पक्षलाई बोलाइएको जानकारी दिएका छन् ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने
Maruti Cement