सरकारले पर्यटन प्रवर्द्धनका लागि चर्चित अन्तर्रा्ष्ट्रिय मिडियालाई रिपोर्टिङ गराउने

Prabhu Bank

काठमाडौं । सरकारले पर्यटन प्रवर्द्धनका लागि विभिन्न चर्चित अन्तर्रा्ष्ट्रिय मिडियाहरुलाई नेपालमा ल्याएर रिपोर्टिङ गराउने भएको छ। ’नेपाल भ्रमण वर्ष २०२०’लाई मध्यनजर गर्दै सरकारले विश्वका विभिन्न चर्चित अन्तर्रा्ष्ट्रिय मिडियाका प्रतिनिधिहरुलाई नेपालमा बोलाउने र यहाँका पर्यटकीय गन्तव्यको भ्रमण गराई रिपोर्टिङ गर्न लगाउने योजना अघि सारेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

Saftey Pads

संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिको बैठमा बोल्दै मन्त्री बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सो योजना अघि सारेको बताएका हुन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले विभिन्न देशका मिडियामा यहाँका पर्यटकीय गन्तव्यका बारेमा समाचार प्रकाशनरप्रशारण हुँदा यसले नेपालको तथा भ्रमण वर्षको ’ब्रान्डिङ’ गर्नमा सघाउ पुग्ने समेत जिकिर गरे।

अन्य सम्बन्धित समाचार:  एघार सचिवको सरुवा

उनले सीमित रकम खर्च भए पनि पर्यटकको आवागमनमा वृद्धि भई पछि खर्चभन्दा बढी आम्दानी हुने दाबी गरे। मिडिया प्रतिनिधिलाई सरकारले देशका उत्कृष्ट पर्यटकीय गन्तव्यमा घुम्ने र त्यहाँको महत्वको बारेमा जानकारी गराउन छुट्टै संयन्त्रसमेत बनाउने तयारी गरेको छ। सो क्रममा उनीहरुले पर्यटकीय गन्तव्यहरुको तथ्य, फोटो तथा भिडियो संकलन गरी आफ्ना मिडियामा सम्प्रेषण गर्नेछन्।

सरकारले यो कार्यलाई ’इन्टरनेसनल मिडिया समिट’को नाम दिएको छ। सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष लिएको छ। सोका लागि सरकारले देश तथा देशबाहिर पनि विभिन्न कार्यक्रमहरु गरिरहेको छ।

Maruti Cement