कपिलवस्तुमा बस र ट्रक ठोक्कियो, १ जनाको मृत्यु, १५ घाइते

Prabhu Bank

काठमाण्डौ । कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । बुद्धभूमि नगरपालिका वडा नम्बर ९ चौवन्नपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६२६८ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको म १ ख ८२८ नम्बरको बस आपसमा ठोक्किएको हो ।

Saftey Pads

दुर्घटनामा मृतकको सनाखत नभएका प्रहरीले जनाएको छ । दुर्घटनामा ३० बर्षीय पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यकलय कपिलवस्तुका अनुसार दुर्घटनामा १४ जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा कञ्चनपुर घर भएको ४२ बर्षीय गुण्डाराज भारती, कञ्चनपुर भिमदत्त नगरपालिका ७ बस्ने ६६ बर्षीय भिमबहादुर कुँवर, कञ्चनपुरकै २७ बर्षीय सह चालक चन्द्रबहादुर सुनार, कञ्चनपुरका ३६ बर्षीय गणेशदत्त जोशी, कञ्चनपुरका ४० बर्षीय नरेन्द्र खत्री, कञ्चनपुर गोदावरी नगरपालिका २ का ३५ बर्षीय गंगा सिंह, कैलाली धनगढी उपमहानगरपालिका ६ बस्ने ३० बर्षीय हेमराम तिमिल्सिना,स्याङ्जा गल्याङ नगरपालिका ४ बस्ने ४० बर्षीय खेमराज न्यौपाने, पाल्पा तानसेन नपा १ का ३५ बर्षीय माधव गौतम, डडेलधुरा अमरगडी नपा २ बस्ने २५ बर्षीय श्याम कठायत, दैलेख बिन्द्रासैनी नपा ८ बस्ने २४ बर्षीय पदम रिजाल, बर्दियाका ४० बर्षीय सुन्दरकली चौधरी, दाङ लमही नगरपालिका ६ का २० बर्षीय प्रकाश ढुङगाना, ट्रकको सह–चालक कञ्चनपुर गोदावरी नपा २ का २८ बर्षीय सुरेन्द्र बिक घाईते भएका छन् ।

अन्य सम्बन्धित समाचार:  इलाम: पोखरीमा डुबेर वृद्धको मृत्यु
Maruti Cement