आइफा अवार्ड नेपालमा हुन्छ तर सरकारले पैसा दिँदैनः सञ्चारमन्त्री

Prabhu Bank

काठमाण्डौ । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आइफा अवार्ड नेपालको हितमा हुने बताएका छन् । उनले आइफा अवार्डका लागि भने बजेट दिने सोचाइमा सरकार नरहेको स्पष्ट पारेका हुन् । मन्त्री बास्कोटाले आइफा अवार्डलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरे ।

Saftey Pads

मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले त्यस अवार्डबारे प्रश्न उठाएपछि उनले आइफा अवार्डका लागि बजेट दिने सोचाइमा सरकार नरहेको बताए । मन्त्री बास्कोटाले आइफा अवार्डको प्रसंग उल्लेख गर्दै सरकारले कुनै पनि क्षेत्रमा घाटाको व्यापार नगर्ने स्पष्ट पारे । उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले आइफा अवार्ड आयोजना गर्न स्वीकृति दिएको पनि बताए ।

अन्य सम्बन्धित समाचार:  नेकपाका प्रवक्ता श्रेष्ठले भने, प्रधानमन्त्री ओलीको गोयलसितको भेट कूटनीतिक मर्यादाविपरीत

बैठकमा बोल्दै समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्ब बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए । समितिका सदस्य रामबहादुर विष्टले राष्ट्रिय कलाकारहरुको हितमा केही पनि काम गर्न नसकेको सरकारले त्यस अवार्डका लागि अरबौँको बजेट दिन लागेको भन्दै आपत्ति जनाए ।

समितिका सदस्यहरुले निजी क्षेत्रले विभिन्न देशमा संचालन गर्दै आएको त्यस अवार्डको आयोजनामा नेपाल सरकारले नै लगानी गर्न किन र्पयो ? भनि प्रश्न पनि गरेका थिए ।

Maruti Cement