प्रहरी कुटाईबाट पाँचथरमा एक युवा घाईते

Prabhu Bank

काठमाण्डौ । पाँचथरको हिलिहाङ गाउँपालिकाको वडा नम्बर ४ मा प्रहरीले स्थानीय एक युवालाई निर्घात कुटपिट गरेको छ । गाउँपालिकाको केन्द्रमा आयोजना भएको फुटवल प्रतियोगिताको सुरक्षाका लागि आएका प्रहरीले स्थानीय रबिन लावतीलाई निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन् ।

Saftey Pads

गम्भिर घाईते लावतीको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । गाउँपालिकाको केन्द्र भन्दा केही नजिक १० मिनेट जती ती युवालाई ७, ८ जनाको प्रहरी टोलीले कुटीरहेको आफुले देखेको वडा नम्बर ४ का अध्यक्ष श्रीप्रसाद सिगुले बताए ।

यस ठाउँमा दादा गुण्डा होइन्स प्रहरीलाई हातपात गर्ने भन्दै इलाका प्रहरी कार्यालय भालुचौकका प्रमुख भिम थेवे लगायत ७,९ जना प्रहरीले कुटपिट गरेको उनले बताए । यता थवेले भने प्रहरीले आफूलाई हात लगाएको हुँदा आफूले कुटपिट गरेको बताएका छन् । यता पिडित लावतीका आफन्तले भने प्रहरीले हतकडी लगाएर मरणासन्न हुने गरी कुटपिट गरेको बताएका छन् ।

अन्य सम्बन्धित समाचार:  सोमबार बडादसैँ, टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

यसैविच जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले लावतीको मेडिकल रिपोट आएपछि मात्रै सवै विषय थाहा हुने प्रतिक्रिया दिए ।

Maruti Cement