श्रीलंकाको मृत्युदण्ड निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन

Prabhu Bank

काठमाडौं

Saftey Pads

चार दशकपछि श्रीलंकामा मृत्युदण्ड सजाय ल्याएको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

मृत्युदण्डको विरोधमा एमनेष्टी इन्टरनेसनललगायतका विभिन्न अधिकारवादी संघसंस्थाले मंगलबार महाराजगञ्जस्थित श्रीलंकन दुतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका लागि दुतावास पुगेका अधिकारकर्मीहरूले नेपालका लागि श्रीलंकन राजदूत स्वर्णा परेरालाई ज्ञापनपत्र बुझाएको जवाफदेहिता निगरानी समितिका अध्यक्ष चरण प्रसाईले जानकारी दिए ।

गत शुक्रबार श्रीलंकाले मृत्युदण्ड दिनका लागि दुईजना वधिक नियुक्त गरेपछि अधिकारकर्मीहरूले यसको विरोध गरेका छन् ।

सन् १९७६ यता श्रीलंकाले कसैलाई पनि मृत्यदण्ड सजायँ दिएको थिएन । श्रीलंकामा मृत्युदण्डको सजायँ सुनाएका एक हजार दुई सय ९९ जना छन् ।

अन्य सम्बन्धित समाचार:  भारतीय सेनाध्यक्षलाई कात्तिक २० मा मानार्थ महारथीको दर्जा दिइने
Maruti Cement